Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


अपडेट: नवलपुरको दाउन्ने बस दुर्घटनामा ६ जनाको मृत्यु, ९ जना घाइते


0
Shares

नवलपुर । नवलपुरको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्ने क्षेत्रमा ब्रेक फेल भएर सडकछेउको नालामा पल्टिएको हो।

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घाइते ९ जनालाई उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा पठाइएको छ।

मृतक तथा घाइतेको पहिचान र अन्य विवरण खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Skip This