बिबेक भण्डारी, नवलपुर । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ४ बजे चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालामा पल्टिएको हो।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको जनाएको छ।
दुर्घटनामा रहेका अन्य पाँच यात्रुको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्