Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


कपिलबस्तुश्री खुल्ला राष्ट्रिय सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमाललाई


0
Shares

कपिलबस्तु, असोज १२ । कपिलबस्तुश्री खुल्ला राष्ट्रिय सुगठन प्रतियोगिताको उपाधि झापाका ललित धिमालले जितेका छन् ।

शाक्यबंशीय राजा शुद्धोधनको राजधानी तथा भगवान गौतम बुद्धको २९ बर्ष जीवनकाल ब्यथित भएको पवित्र स्थल तिलौराकोट दरबारको प्रचारप्रसारका लागि पहिलो पटक खुल्ला राष्ट्रिय सुगठन प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा देशभरबाट ६० जना प्रतियोगी छनौट भएका थिए । कपिलवस्तु नगरपालिकाको समन्वय र कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले प्रतियोगिता आयोजना गरेको थियो ।

ओभरअल विनर भएका धिमालले २ लाख नगद, बुद्धमुर्तिसहित ट्रफि प्राप्त गरे । तिलौराकोट दरवारभित्र भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा कपिलवस्तुका सुरेन्द्रप्रसाद बर्मा, ६० केजी तौल समूहमा कास्कीका विकास तामाङ, ६५ केजी तौल समूहमा झापाका सुमन लिम्बु, ७० केजी तौल समूहमा रुपन्देहीका विनोद सुनार र ७५ केजी प्लस तौल समूहमा झापाका ललित धिमाल प्रथम भए । 

शारीरिक सुगठनका अन्तर्राष्ट्रिय जज पुष्पकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय टोलीले निर्णायकको भूमिका निर्वाह गरेको थियो ।

 

Skip This