Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


कैलालीका स्थानीय तहको बजेट खर्च न्यून


0
Shares

काठमाडौं । कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिक सम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै सुरु हुन सकेका छैनन् ।

जिल्लाका १३ वटा स्थानीय तहले समग्रमा ३६ दशमलव ६ प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जगतप्रकाश भट्टले बताउनुभयो ।

दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलव ११ प्रतिशत खर्च गर्दा सबैभन्दा कम गोदावरी नगरपालिकाले ३० दशमलव ३९ प्रतिशत खर्च गरेको छ ।

यस्तै धनगढी उपमहानगरपालिकाले ३६ दशमलव १५, गौरीगंगाले ३९ दशमलव ६१, घोडाघोडीले ३४ दशमलव ५८, टिकापुरले ३५ दशमलव ७, भजनीले ३८ दशमलव ५४, लम्कीचुहाले ३९ दशमलव ४६ प्रतिशत रकम खर्च गरेका छन् ।

त्यसैगरी गाउँपालिकाहरूमा चुरेले ३४ दशमलव ६०, जानकीले ३१ दशमलव ४२, जोशीपुरले ३९ दशमलव ६७, बर्दगोरियाले ३१ दशमलव २३ र मोहन्यालले ३७ दशमलव ६६ प्रतिशत रकम खर्च गरेका छन् ।

विगतमा पनि स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेका थिएनन् । प्रत्येक वर्ष समयमै बजेट खर्च नहुँदा असारमा बजेटको रकमको खोलो बग्ने गरेको कार्यालयले जनाएको छ । यही गतिमा पालिकाहरूले बजेट खर्च गरेमा लक्ष्य पुरा गर्न समेत कठिनाइ हुने नियन्त्रक भट्टले बताउनुभयो ।