असफल राष्ट्र हुनबाट नेपाललाई कसरी जोगाउने ? • Image Khabar Image Khabar


असफल राष्ट्र हुनबाट नेपाललाई कसरी जोगाउने ?


हरिविनोद अधिकारी
११ चैत्र २०७७, बुधबार १३:३१

असफल राष्ट्र हुनबाट नेपाललाई कसरी जोगाउने ?

नेपालको अहिलेका राजनीतिक अवस्थाले देखाउँछ—प्रजातन्त्र स्थापना, पुनस्र्थापना र बारम्बार गुुमेको प्रजातन्त्र बहाली गर्नुभन्दा त्यसको संरक्षण गर्न कति गाह्रो रहेछ । यसै पनि प्रजातान्त्रिक व्यवस्था संवेदनशील र खुला वातावरणमा र जनताको प्रत्यक्ष निगरानीमा चलाइने शासन व्यवस्था हो ।

यो पंक्तिकार यत्तिबेर मिश्रका ती युवा संगीतज्ञ, गायक तथा युवा प्रजातन्त्रवादी अभियन्ता रामी एस्समलाई सम्झिरहेको छ जसले राजनीतिज्ञहरूको आह्वान नमानेको बेला मिश्रको तहरिर चोकमा होस्नी मुबारकको निरंकुश शासनका विरुद्ध डेमोक्रेसी गीत गाएर लाखौँ मिश्रेली जनतालाई प्रजातन्त्रको पक्षका उराल्यो र २०११ मा आन्दोलन सफल पनि भयो जसले होस्नी मुबारकको शासन ढाल्यो । प्रजातन्त्र आयो । प्रजातन्त्रका सामान्य प्रक्रियाहरू सक्रिय भए तर राजनीतिज्ञहरूले त्यसलाई बचाउन सकेनन् ।

मिश्रमा फेरि प्रजातन्त्रका नाममा अर्द्ध सैनिक व्यवस्था चलेको छ र रामी जस्ता प्रजातन्त्रका अभियन्ता राष्ट्रविरोधीको आरोपमा युरोप निर्वासनमा बस्नु परेको छ । मैले उनलाई चेक रिपब्लिकका संस्थापका राष्ट्रपति बास्लाभ हाभेलको नामबाट स्थापित पुरस्कारबाट अभिनन्दित हुनका लागि ओस्लो फ्रिडम फोरमले २०१९को मेमा गरेको कार्यक्रममा ओस्लोमा भेटेको थिएँ । उनका ती प्रजातन्त्र गीतहरूले अहिले पनि अरबी भाषा र अंग्रेजी भाषामा रोमाञ्चकता ल्याउँछन् ।

असफल मुलुक भनेको कस्तो हुन्छ ? एउटा जिज्ञासा मनमा उठ्थ्यो र फेरि लाग्थ्यो नेपाल त कुनै पनि हालतमा असफल मुलुक हुने छैन । एउटा मुलुक असफल हुनका लागि त्यहाँको माटोको दोष हुँदैन, त्यहाँको पानीको, हावाको, चराको, पशुपन्छीको, आकाशको, पहाडको, समुद्रको, नदीको र अझ ती निरपराध जनताको पनि दोष हुँदैन तर दोष त तिनको हुन्छ जसले मुलुकको साँचो हातमा लिएर बसेका हुन्छन् ।

हिजोका दिनमा रामीले गाउने प्रजातन्त्र गीतले जनताको जोस बढेर होस्नी मुबारकविरुद्ध आन्दोलनमा उठ्न मिश्रेलीहरू जाराक जुरुक उठेका थिए भने अहिले त्यही गीत गाउँदा श्रोताको आँखामा झल्झली त्यही तहरिर चोकको लाखौँको उपस्थिति आउँछ तर उनी रुँदै रुँदै त्यही गीत हामीलाई सुनाइरहेका थिए र उनले आफ्नो अभिनन्दन भाषणमा भने—अब मेरो देशमा फेरि कहिले प्रजातन्त्रको उज्यालो आउने हो, थाहा छै । तर, मेरो जीवनको उद्देश्य प्रजातन्त्रका पक्षमा चेतना जगाउने नै भएको छ जवकि म एउटा संगीतको साधक हुँ र राजनीतिक नेतृत्वप्रतिको अविश्वासले मेरा गीतहरूले झञ्झावत ल्याएका थिए र मेरा देशबासीहरू प्रजातन्त्रका पक्षमा तरङ्गित भएका थिए ।

प्रजातन्त्र आफैँ केही पनि होइन । यसका संस्थाहरू हुन्छन् जसलाई सरकारको रूपमा ग्रहण गरिन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सँगै अरु जनताका आवश्यकता पूरा गर्नका लागि न्यायिक तथा अर्द्ध न्यायिक संस्थाहरूको व्यवस्था गरिएको हुन्छ । ती सबै संस्थाहरू जनविश्वासका साथ सक्रिय हुनु नै प्रजातन्त्रको सफलता हो । प्रजातान्त्रिक या लोकतान्त्रिक व्यवस्था हो जसमा जनताको अविश्वासलाई कसैले पनि पचाउनु हुँदैन र बेवास्ता पनि गर्नु हुँदैन ।

यदि प्रजातान्त्रिक अवयवहरू अक्षम भए भने मुलुक एकाङ्गी हुनेछ र बिस्तारै बिस्तारै मुलुक असफलतातिर उन्मुख हुनेछ ।

विपक्षी दल नेपाली काँग्रेस एमाले र माओबादी केन्द्रभन्दा तुलनात्मकरूपमा संयम देखिए पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो भन्ने संसदवादको सिद्धान्तलाई क्रियान्वयन गर्न र हस्तक्षेपकारी भूमिका निर्बाह गर्न सकेको पाइएन । प्रजातन्त्र भनेको सहमति, सम्झौता र संयमपूर्वक खेलिने विधिको खेल हो र यसमा त्यागको मात्र धेरै हुनुपर्छ किनभने जनताले जस्तोसुकै अवस्थामा पनि जनताको पक्षमा उभिनका लागि मतदान गरेर पठाएका हुन्छन् चाहे सत्तापक्ष होस् या विपक्ष होस् ।

असफल मुलुक भनेको कस्तो हुन्छ ? एउटा जिज्ञासा मनमा उठ्थ्यो र फेरि लाग्थ्यो नेपाल त कुनै पनि हालतमा असफल मुलुक हुने छैन । एउटा मुलुक असफल हुनका लागि त्यहाँको माटोको दोष हुँदैन, त्यहाँको पानीको, हावाको, चराको, पशुपन्छीको, आकाशको, पहाडको, समुद्रको, नदीको र अझ ती निरपराध जनताको पनि दोष हुँदैन तर दोष त तिनको हुन्छ जसले मुलुकको साँचो हातमा लिएर बसेका हुन्छन् । मुलुकमा गर्नु पर्ने काम नगरी नगर्नुपर्ने कामहरू गरिरहने ती सत्तामा रहेका वा उत्तरदायित्व लिएका व्यक्तिहरूको कारणले मुलुकले असफल हुनु परेको हुन्छ ।

आफू पनि केही गर्न सक्दैनन् अनि अरुका लागि गजधम्म बाटो रोकेर बसेका हुन्छन् । ती आफूसँग केही पनि क्षमता छैन भन्ने कुरामा विश्वास गर्दैनन् । तर, आफूलाई नै यो विश्वको सबैभन्दा जान्ने ठान्दछन् । मुलुकलाई एउटा गलत बाटोबाट अर्को गलत बाटोमा यसरी घिसार्दै लैजान्छन् कि मुलुक फेरि कतैबाट फर्कन पनि सक्दैन ।

भीरको मुखमा लगेर ती आफू सके भाग्छन्, नसके आफूसँग मुलुकलाई नै भीरबाट लडाउँछन् जस्तो कि कुनै गाडी चालकले मध्यरातमा भीरबाट गाडी खसाउँछ । कहिले ऊ बाँच्छ या सबै यात्रुहरूलाई आफूसँगै मार्छ । त्यस्तो दुर्घटना भएका गाडीको र यात्रुहरूको दुखान्त कथाको पछिल्तिर त्यस्तै कथा हुन्छ चालकले किन त्यो गाडी सबै यात्रुले नचलाउने आराम गर्ने भन्दाभन्दै चलाएको हुन्छ ।

हाम्रो मुलुक कतै असफल राष्ट्रको रूपमा पो अगाडि बढेको पो हो कि ? सरकारप्रति जनताको आस्था छैन । सरकारको आफूलाई उत्पत्ति गर्ने व्यवस्थापिकाप्रति विश्वास छैन र सरकार अहिले जस्तो अराजक हुँदा पनि व्यवस्थापिका विकल्प दिन सक्दैन जसले गर्दा व्यवस्थापिकाको गर्विलो महत्वको कमी महसुस भइरहेको छ ।

बोल बोल मछली मुख भरि पानी भएको छ । सत्तापक्षीय नेताहरू नै सत्तापक्षीय नेताहरूको विदेशी मालिकहरूको वारेमा सार्वजनिक वक्तव्य दिन्छन् र त्यसप्रति कसैको पनि कुनै प्रतिक्रिया देखिँदैन । अनि कसको कसको को को विदेशीसँग कस्तो सम्बन्ध छ भनेर राजनीतिक फाँटमा स्पष्टै छ ।

न्यायपालिकाले दिने न्याय भनेको सरकारले तत्काल कार्यान्वयन गर्नको लागि हो । सरकारको काम भनेको संविधानका छिद्रबाट कसरी पस्ने र सरकारका कामहरूको अनावश्यक गति कसरी बढाउने भन्नेमा देखिन्छ । सरकारको माध्यमबाट जनताका सेवाका लागि गठित संवैधानिक आयोगहरूप्रति जनतामा विश्वास देखिँदैन ।

संविधानवादको विरुद्धमा को भन्दा को बढी लाग्न सक्छ भनेर सत्तारुढ दलको प्रतिस्पर्धा छ र भ्रष्टाचार, अत्याचार र निरंकुशताको विरुद्ध सरकारको विपक्षमा बोल्नुभन्दा सत्ताको होडमा राजनीतिज्ञहरू लागेको देखिन्छ । हो त्यहीँनेर उनीहरूको कमजोरी पत्ता लगाएर मुलुक असफलतातिर उन्मुख देखिन्छ । कुरो अहिलेको सत्तापक्ष नेकपा एमाले र नेकपा माओबादी केन्द्रकै कुरा हो । कोही पनि दूधले नुहाएको देखिँदैन ।

झन् प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सत्तारुढ दलहरू झन कुहिरोका काग भएका छन् किनभने कम्युनिस्टले प्रजातन्त्र हाँक्न नसकेको देखिन्छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोष अलि बढी होला तर उनलाई यो अवस्थासम्म जानका लागि उत्तेजित बनाउने र शक्ति सञ्चयका लागि मौका दिने तिनै हुन् जो अहिले न त प्रधानमन्त्रीलाई असहयोग गर्न सक्छन्, न विकल्प दिन सक्छन् , न पुनस्र्थापना भएको प्रतिनिधि सभालाई सक्रिय बनाएर संसद नै प्रजातन्त्रको मुख्य थलो हो भन्ने प्रमाणित गर्छन् ।

विपक्षी दल नेपाली काँग्रेस एमाले र माओबादी केन्द्रभन्दा तुलनात्मकरूपमा संयम देखिए पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो भन्ने संसदवादको सिद्धान्तलाई क्रियान्वयन गर्न र हस्तक्षेपकारी भूमिका निर्बाह गर्न सकेको पाइएन । प्रजातन्त्र भनेको सहमति, सम्झौता र संयमपूर्वक खेलिने विधिको खेल हो र यसमा त्यागको मात्र धेरै हुनुपर्छ किनभने जनताले जस्तोसुकै अवस्थामा पनि जनताको पक्षमा उभिनका लागि मतदान गरेर पठाएका हुन्छन् चाहे सत्तापक्ष होस् या विपक्ष होस् । सत्तापक्ष र विपक्षी भनेको संसदमा प्राविधिक कुरा हो प्रजातन्त्रमा किनभने संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू जनताको मतलाई प्रतिनिधित्व गरेका हुन्छन् ।

जब शरीरका विभिन्न अवयवहरू काम गर्न छोड्छन्, अनि शरीर असफल हुन्छ । शरीरमा केही भागहरू अत्यन्त संवेदनशील हुन्छन् तर कमजोर मानिने अंगहरूले पनि जब काम गर्न छोड्छन् तिनका कारणले पनि शरीर असफल हुन्छ र प्राणीको मृत्यु हुन्छ । राज्य पनि त्यस्तै हो । राज्यका कार्यहरू सबै उत्तिकै संवेदनशील हुन्छन् तर ती सबैको नियन्त्रण गर्ने काम मस्तिष्क र मुटुले गरेका हुन्छन् । अन्य अवयवहरूको कामले मस्तिष्क र मुटुको चाललाई सहयोग गरेका हुन्छन् ।

मुलुक असफल हुँदा उपिञाहरू लेन्डुप दोर्जेहरू जस्तै कतै ओत लाग्लान् तर यो मुलुकमा कहिल्यै कसैको दास नभएको इतिहासलाई बचाएर बसेका हामी नेपालीहरूको के हाल होला ? झट्ट हेर्दा नेपाललाई कुनै मुलुकले आफ्नो सीमाभित्र लैजाला भन्ने त नहोला तर मुलुकको सम्पूर्ण अवस्था अरुकै नियन्त्रणमा गएमा के हाल होला ? के अहिलेको अवस्थाले देखाउँदैन र ? मुलुक असफलता तिर उन्मुख छैन त ? छातीमा हात राखेर सोचौँ ।

बोल बोल मछली मुख भरि पानी भएको छ । सत्तापक्षीय नेताहरू नै सत्तापक्षीय नेताहरूको विदेशी मालिकहरूको वारेमा सार्वजनिक वक्तव्य दिन्छन् र त्यसप्रति कसैको पनि कुनै प्रतिक्रिया देखिँदैन । अनि कसको कसको को को विदेशीसँग कस्तो सम्बन्ध छ भनेर राजनीतिक फाँटमा स्पष्टै छ ।

नेपालमा पनि अब फेरि वसन्त आन्दोलनको आवश्यकता देखिन्छ जसले मुलुकको प्रजातन्त्र जोगाउन र मुलुकलाई असफलताबाट जोगाउन त्याग सहितको आन्दोलनको तरङ्ग ल्याउन सकून् । अझै पनि समय छ राष्ट्रलाई असफल हुनबाट जोगाउने ।

प्रतिक्रिया दिनुहोस्