Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शक्तिको भाषा नबोल्न ओलीलाई नेपाल पक्षको चेतावनी


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिको भाषा नबोल्न को माधवकुमार नेपाल पक्षले चेतावनी दिएको छ ।

भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।

‘बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन, बुद्धको अनुयायी भएको प्रधानमन्त्रीले आज बालुवाटारबाट शक्तिको भाषा बोल्दै हुनुहुन्थ्यो,’ पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो, ‘यस्ता भाषा बोल्न छाड्नुहोस्, यस्ता भाषाले मुलुकलाई सही दिशामा अघि बढाउँदैन ।’

Skip This