संसदीय दलको बैठकः अझै आएन कांग्रेसको स्पस्ट धारणा, उचित समयमा उचित निर्णय लिने • Image Khabar Image Khabar


संसदीय दलको बैठकः अझै आएन कांग्रेसको स्पस्ट धारणा, उचित समयमा उचित निर्णय लिने


Imagekhabar
२१ फाल्गुन २०७७, शुक्रबार १८:०२

संसदीय दलको बैठकः अझै आएन कांग्रेसको स्पस्ट धारणा, उचित समयमा उचित निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले शुक्रबार पनि आफ्नो स्पस्ट धारणा तय गर्न सकेको छैन । शुक्रबार बसेको संसदीय दलको बैठकले ठोस निर्णय गर्न नसकेको हो ।

बैठकमा पार्टीका २९ जना सांसद्हरुले आफ्नाे धारणा राखेका थिए । सांसदहरूको विचार, धारणा र भनाइलाई ध्यानमा राखेका पार्टीले निर्णय गर्ने कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको बैठकमा नेकपाका दुवै पक्षको भनाइ र गतिविधिलाई समीक्षा गरेर मात्र पार्टीले उचित समयमा उचित निर्णय गर्ने खाँडकाे भनाइ छ । दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वासको प्रस्तावको सन्दर्भमा उहाँले टिप्पणी गर्न चाहनुभएन ।

‘कांग्रेसले संसद्लाई नियमित रूपमा सञ्चालन गर्न, देशमा देखिएका राष्ट्रिय र राजनीतिक समस्यालाई निकास दिन, संविधानलाई बलियो बनाइ संसदीय अभ्यासलाई सुदृढ गर्न र संसदीय व्यवस्थाप्रति जनतामा विश्वास दिलाउन उचित समयमा उचित निर्णय गर्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्