११ सयले घट्यो सुनको मूल्य « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


११ सयले घट्यो सुनको मूल्य


0
Shares

काठमाडौं । स्थानीय बजारमा बुधबार एकै दिन सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको हो ।

कोरोना महामारीसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।

यस्तै, आज चाँदीको पनि भाउ पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।