प्रदेश सरकार स्थापनाको दिन लुम्बिनीमा सार्वजनिक बिदा • Image Khabar Image Khabar


प्रदेश सरकार स्थापनाको दिन लुम्बिनीमा सार्वजनिक बिदा


Imagekhabar
३ फाल्गुन २०७७, सोमबार १०:३९

प्रदेश सरकार स्थापनाको दिन लुम्बिनीमा सार्वजनिक बिदा

बुटवल । लुम्बिन्री प्रदेश सरकार स्थापनाको तीन वर्ष पूरा भएको छ ।

स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

स्थापना दिवसको अवसरमा दाङमा कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ३ वर्षको मुख्य उपलब्धी प्रदेशको नाम र स्थायी राजधानी रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आउनुभएको छ ।

दाङको समारोहलाई प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम ररहेको मुल आयोनक समितिले जनाएको छ ।

स्थापना दिवसको अवसरमा फागुन २ गते देखिनै विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्