 
	    डडेल्धुरा । किशोरी बलात्कार तथा हत्याको विरोध गर्दै डडेल्धुरामा डोको आन्दोलन गरिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीय युवा समाजसेवीले डोको आन्दोलन गरेका हुन् ।
महिला हिंसा, किशोरी बलात्कार तथा हत्या महंगी, भ्रष्टाचार, घुसखोरी, भोकमरी, बेरोजगारी लगायतका विकृतिको भारी जनताको बोकेको प्रतिकको रुपमा डोको आन्दोलन गरिएको स्थानीय समाजसेवी तिलक हमालले जानकारी दिनुभयो ।
यसअघि कञ्चनपुरकी निर्मला पन्त, बझाङकी सम्झना कामीको बलात्कार पछि हत्या भएको समयमा पनि हमालको समूहले डडेल्धुरामा प्रदर्शन गरेको थियो । ‘फोहोरी राजनीतिले बनायो भरिया’ नामक सडक डोको आन्दोलनमा स्थानीयहरूको पनि समर्थन गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्