पारासिटामोलको सेवनका कारण हुने असर र बच्ने तरिका • Image Khabar Image Khabar


पारासिटामोलको सेवनका कारण हुने असर र बच्ने तरिका


Imagekhabar
२१ माघ २०७७, बुधबार १३:२४

पारासिटामोलको सेवनका कारण हुने असर र बच्ने तरिका

काठमाडौं । पारासिटामोल एक प्रकारको दुखाइ कम गर्ने औषधि हो । शरीरको तापक्रम अर्थात ज्वरो तथा दुखाई कम गर्नको लागि यसको प्रयोग गरिन्छ । यो धेरै ‘पेनकिलियस्’ र ‘एन्टी सिक्नेस’ औषधीहरुसँग उपलब्ध हुन्छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार सामान्यतय केही व्यक्तिलाई २४ घन्टामा ४ पटकसम्म ५ सय एमजीको ट्याब्लेट दिन सकिन्छ ।

त्यसो त पारासिटामोल प्रायःजसो सुरक्षित मानिन्छ । तर यसको बढी प्रयोगका कारणले खतरनाक असरहरु पनि हुन सक्छ । नेशनल हेल्थ सर्विस (इंल्याण्ड) को मान्यताअनुसार ‘हेपाटोटाँक्सिक डोज’ निलेको कोही समयमै वान्ता वा हुने वा शरीरमा चिडचिडाहट पैदा हुन सक्छ ।

‘हेपाटोटॉक्सिक’ एक मेडिकल टर्म हो । जसको बढी प्रयोगको कारणले कलेजो काम नलाग्ने हुन सक्छ । एनएचकाअनुसार एक पारासिटामोलका बढी प्रयोगको कारणले पहिलो वा दोस्रो दिन कलेजोमा असर गर्नाका कारण रिंगाटा लाग्ने संभावना कम हुन सक्छ । त्यसैले दोस्रो कारणलाई पनि ध्यान दिन जरुरी हुन्छ ।

ओवरडोजबाट बच्ने तरिका

इन्टरनेशनल हेल्थ केयर कम्पन्नी ब्रिटिश यूनाइटेड प्रोवीडेंट एसोसिएशन (बुप्पा) का अनुसार पारासिटामोलको बढी प्रयोगले खतरा सजिलैसँग बढ्न सक्छ । किन भने धेरैजसो औषधी र उत्पादकहरुमा पारासिटामोल हुन सक्छ । प्रायःजसो चिसो र ज्वरोको औषधिमा पारासिटामोलको मात्रा पाइन्छ ।

विज्ञका सल्लाहअनुसार कुनै पनि औषधि लिनु भन्दा पहिले सो को बारेमा राम्रो सँग चेकजाँच गर्नुपर्छ । तपाईले कुनै पनि औषधीसँग कति सिटामोल लिइरहनु भएको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ । औषधीको पत्तामा लेखिएको जानकारीबारे राम्रो सँग अध्ययन गर्नुपर्छ । नबुझेको खण्डमा चिकित्सकलाई सोध्नुपर्छ ।

पारासिटामोलको बढी प्रयोगले कलेजोलाई असर गर्न सक्छ जुन एकदमै घातक हुन्छ । यसको बढी प्रयोगको कारण समस्या भएपछि तुरुन्त उपचारमा ध्यान दिनुपर्छ । पब्लिक हेल्थ इंल्यान्ड (पिएचइ) का अनुसार ‘एसीटाइलसिस्टिन’मार्फत पारासिटामोलको बढी प्रयोगको जोखिम कम गर्न सकिन्छ । पिएचइकाअनुसार यो औषधिको बढी प्रयोगले ८ घन्टामा कलेजो नष्ट हुन बाट बच्नको लागि एक सय प्रतिशत प्रभावकारी छ ।

८ घन्टाको समयपछि ‘एसीटाइलसिस्टिन’को प्रभाव केही हदसम्म कम हुन सक्छ । केही निश्चित समयभित्रनै एसीटाइलसिस्टिन मार्फत ‘हेपेटोटॉक्सिसिटी’को सफलतापूर्वक रोक्न सकिन्छ । यो समय सक्नु भन्दा पहिले नै बिरामीको हालत धेरै खराब हुन सक्छ ।

कसले प्रयोग गर्ने ?

पारासिटामोल सबै को लागि सुरक्षित छ । तर आफ्नो स्वास्थ्य खराब छ भने यसको प्रयोगमा ध्यान दिन जरुरी हुन्छ । बुप्पाकाअनुसार कलेजोको समस्या भएको व्यत्तिहरुले पारासिटामोलको प्रयोग गर्नुहुदैन ।

बुप्पाले दिएको चेतावनी अनुसार हाइ ब्लड प्रेसर को समस्या साँल्यबुल पारासिटामोलको सेवन गर्नुहुदैन जो पानीमा घुल्छ । यस प्रकारको पारा सिटामोलमा धेरै मात्रामा नुन मिसाइ राखिएको हुन्छ । जस कारणले प्रेसर हाइ हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्