 
	    काठमाडौं । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई)का दुई जना एजेन्टको गोली हानी हत्या भएको छ । तीन जना घाइते भएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार फ्लोरिडा राज्यको एउटा घरमा जाँदा उनीहरूमाथि गोली हानिएको हो । सन् २००८ पछि अमेरिकामा कामको शिलशिलामा रहेका एफबिआई कर्मचारीको हत्या भएको यो पहिलो पटक हो ।
फ्लोरिडाको सनराइजस्थित एउटा घरमा बच्चाहरूमाथि अपराध भएको उजुरीका आधारमा अदालतले दिएको पक्राउ पुर्जी लिएर पुगेका एजेन्टहरूमाथि गोली हानिएको हो ।
अदालतले बच्चाहरूलाई पोर्नोग्राफीमा लगाएको मुद्दामा संलग्नता भएको हुन सक्ने भन्दै उक्त घरमा बस्ने मानिसलाई पक्राउ गर्न भनेको थियो । एफबिआई एजेन्टहरू घरमा जानासाथ घरभित्र भएका मानिसले गोली चलाएका थिए ।
घाइते भएकामध्ये दुई जनाको अवस्था स्थिर छ भने तेस्रोलाई अस्पताल भर्ना गर्नु परेको छैन । न्युयोर्क टाइम्सका अनुसार अभियोग लागेका मान्छेले प्रहरीलाई रोक्न अपार्टमेन्ट बाहिर अवरोध लगाएका थिए ।
उनी पछि भित्र मृत भेटिएका थिए । ती व्यक्ति को थिए र उनको कसरी मृत्यु भयो भन्ने खुलाइएको छैन । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्