Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


विप्लव समूहका इन्चार्ज आचार्य कारागार चलान


0
Shares

परासी । नेत्रविक्रम चन्द(विप्लव) समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् ।

सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो ।

“आचार्य गत फागुन ३० गते चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति नवलपरासीको सरावल गाउँपालिका–१ तुल्सिपुरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा आगो लगाइ सङ्गठित अपराध मुद्दामा फरार थिए”, प्रहरी नायब उपरीक्षक थापाले भने । रासस