काठमाडौं । बेल्जिम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकामा मंगलबार बिहान सम्पन्न भएकाे खेलमा बेल्जियमले आयोजक अमेरिकालाई ४-१ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरेका छन्। उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका हुन् ।
खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३-१ मा पुर्याएका थिए। दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४-१ ले विजयी भयो ।
विश्वकपमा अमेरिकाको पराजयसँगै तीन वटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानाडा र मेक्सिको बाहिरिएका थिए ।क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्ने भएकाे छ । स्पेनल पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनमा प्रवेश गरेको हो ।









प्रतिक्रिया दिनुहोस्