११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


दक्षिण अफ्रिकामा एम्बुसमा ११ ट्याक्सीचालक मारिए


0
Shares

काठमाडौं, साउन ६ । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा बन्दुकधारीको एम्बुसमा परी ११ जना ट्याक्सीचालक मारिएका छन् ।

स्थानीय समयअनुसार शनिबार राति जोहानेसवर्गबाट हिँडेका उनीहरुको मिनिबस एम्बुसमा परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

घटनामा घाइते भएका चारजनाको अवस्था गम्भीर रहेको छ । तटीय क्षेत्र क्वा जुलु नतालमा साथीको अत्येन्टिबाट उनीहरु फर्कंदै थिए ।

आक्रमणको कारण खुल्न नसकेपनि मिनिबस ट्याक्सी रुटमा विभिन्न समहूबीच प्रतिस्पर्धा रहने गर्दा विगतमा हिंसाका घटना हुने गरेको थियो । (एजेन्सी)