१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


मेयर स्व. सुब्बाको तीन लाख उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने


0
Shares

विराटनगर, साउन ६ । धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाको तीन लाख रुपैयाँ उपचार खर्च प्रदेश नम्बर–१ को सरकारले व्यहोर्ने भएको छ ।

आइतबार बसेको प्रदेश–१ मन्त्रिपरिषदको बैठकले उपचार खर्चमध्ये तीन लाख सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

सुब्बाको उपचारमा ठूलो धनराशी खर्च भएको भन्दै राहतस्वरुप केही खर्च व्यहोरिएको जनाइएको छ ।

सिभियर निमोनिया भएपछि मेयर सुब्बाको गत साउन १ गते उपचारकाक्रममा निधन भएको थियो ।