कृषि क्षेत्रको सुधारका लागि कर्णालीमा साढे दश करोड लगानी • Image Khabar Image Khabar


कृषि क्षेत्रको सुधारका लागि कर्णालीमा साढे दश करोड लगानी


Imagekhabar
५ माघ २०७७, सोमबार ११:०३

Ncp karnali province parliamentary board meeting call against chief minister

काठमाडौ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा एकै पटक साढे दस करोड लगानी गरेको छ । चालु आर्थिक वर्षमा कृषिका विभिन्न कार्यक्रमका लागि साढे दस करोडभन्दा बढी रकम लगानी गरेको हो ।

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले दश करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा मात्रै तीन करोड ८६ लाख ५० हजार बजेट लगानी गरीएको छ ।

त्यस्तै बीउको उत्पादनका लागि पनि ५५ लाख बजेट लगानी गरिएको छ । कर्णालीको ब्राण्ड निर्माणदेखि प्रांगारिक कृषि उत्पादनको बजारीकरण गर्न दस लाख ५० हजार, अर्गानिक मिसन कार्यक्रमका लागि ८५ लाख ५० हजार रुपैयाँ लगानी गरिने भएको हो ।

कृषि उत्पादन बढाउन प्रदेश सरकारले सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ४४ वटा सिँचाइ कुलो निर्माण गर्न थालेको छ । सांसद विकास कार्यक्रम अन्तरगत सिँचाइ कुलो निर्माण गर्न लागिएको हो । कुलो निर्माणका लागि सबै स्थानीय तहमा योजना छनौट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्