काठमाडौं । अमेरिकाले एकतर्फी कर लादेर जंगल राजको नीति लिएको आरोप फ्रान्सले लगाएको छ ।
अर्जेन्टिनामा भएको जी ट्वेन्टी मुलुकका मन्त्रीस्तरीय बैठकमा फ्रान्सका वित्त मन्त्री ब्रुनो ले माइरेले अमेरिकी नीति कुनै अर्थमा पनि ठीक नभएको भन्दै उनले कटू आलोचना गरेका हुन ।
फ्रान्सले व्यापार युद्ध यथार्थ भएको पनि जनाएको छ । यो यथार्थलाई सामना गर्नुको विकल्प छैन मन्त्री माइरेको भनाइ थियो ।
तर अमेरिकी वित्त मन्त्री स्टेभेन म्नुचीनले भने आरोपको प्रतिवाद गर्दै ईयू र चीनले स्वतन्त्र प्रतिष्पर्धाका लागि आफ्नो बजार खुला गर्नुपर्ने धारणा राखे ।
गएको हप्ता मात्रै पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ईयू र चीनसँग ठूलो व्यापार घाटा रहेको भन्दै ठूलो परिमाणमा विभिन्न कर लाद्ने घोषणा गरेका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्