Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ट्रेड युनियन कांग्रेसद्धारा प्राविधिक विज्ञ सल्लाहकार मनोनित


0
Shares

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न विषयगत प्राविधिक विज्ञ सल्लाहकारहरु मनोनित गरेको छ ।

युनियनको मंसिर १९ र २० गते बसेको कार्य सम्पादन समिति बैठकको मनोनित सल्लाहकारहरुलाई आइतबार मनोनीत गरेको पत्र दिएको हो ।

मनोनित हुनेमा डा. मुक्ति श्रेष्ठ(स्वास्थ्य) , मोहन ज्ञवाली (शिक्षा ), विजय स्वार (औद्योगिक सम्बन्ध), अधिवक्ता लक्ष्मी रावल (जेन्डर), शिशिरकुमार झा (श्रम तथा रोजगार), खगेन्द्र खत्री (संचार), सुवर्ण कर्माचार्य (मानव अधिकार तथा ट्रेड युनियन), चन्द्र ढकाल (सहकारी) रहेका छन् ।

विश्व श्रम बजार र कामको संसारमा भईरहेको परिवर्तनलाई मध्यनजर गरि युनियनलाई समय सापेक्ष प्राविधिक ,शैक्षिक र सुदृढीकरण गरि श्रमिकको हकअधिकार सुनिश्चित गर्न विज्ञहरु मनोनित गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।