काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद सांसद गणेशसिंह ठगुन्नाले संचारमाध्यम र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । विभिन्न संचारमाध्यम र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताउनुभयाे । सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र संचारमाध्यममाथि त्रास फैल्याउने उक्त गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्नुभएकाे छ।
सांसद ठगुन्नाले यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको आरोप पनि लगाउनुभएकाे छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ३५ सयको प्रिमियममा एक लाखको उपचार गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिले वर्तमान सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको पुष्टि भएको जिकिर थियो ।
सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको भन्दै आपत्ति समेत जनाउनुभएकाे छ। उहाँले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रहित विरोधी गतिविधि सच्याउनुकाे विकल्प नरहेको समेत बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्