४ असार २०८२, बुधबार | Thu Jun 19 2025


बुटवलमा वाक्लो हुस्सु, चिसोका कारण जनजिवन कस्टकर


0
Shares

बुटवल, पुस ३ । रुपन्देहीसहित तराईका जिल्लामा वाक्लो हुस्सु लागेको छ ।

शुक्रबार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ ।

कुहिरोका कारण सडक नै अँध्यारो देखिएपछि सवारी साधनले दिउँसोको समयमा पनि लाईट बाल्नु परेको छ ।

बुटवलमा शुक्रबार बिहान साढे सात बजेको तापक्रम न्युनतम ४ डिग्री सेल्सियस थियो भने अधिकतम ७ दशमलव ५ डिग्री मापन गरिएको छ ।

आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका अधिकांश र पहाडका केही भू–भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।