काठमाडाैं । नेकपा एमाले राष्ट्रियसभाकी सांसद मिनासिंह रखालले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा शुक्रबार कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्ताे सुझाव दिनुभएको हो । सरकारले तालिम र गोष्ठीको नाममा विनियोजन गरेको बजेट किसानहरुको राहत दिने लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सांसद रखालको भनाइ छ । उहाँले साधारण खर्च कटौती गर्न र किसानहरुकोहित प्रवद्र्धन हुने क्षेत्रमा बजेट केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
सांसद रखालले सरकारले रोजगारीको अवसर सृजना हुने क्षेत्रमा कुनैपनि खालको कार्यक्रम ल्याउन नसकेको जिकिर पनि गर्नुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्