काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले गत मंसिरसम्मको दावी वक्यौता भुक्तानी भएको जनाएको छ ।
बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह समेत गरेको हाे । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थालाई ७ महिना अर्थात पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन अनुरेध गरेकाे छ। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको हाे ।
चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ। बाँकी भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको हाे ।
बाेर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन समेत आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्