काठमाडौं । बुधबार र बिहीबार सकरात्मक रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार शुक्रबार भने घटेको छ ।
उतारचढावकाबीच ८ अंकले ऋणात्मक रहेको बजार २६ सय ५३ विन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ११ करोड पैयाँको कारोबार भएको बजारमा शुक्रबार ३ सय ४५ स्टकको ८५ लाख ८४ हजार कित्ता शेयर ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।
कारोबारमा आएका १३ उपसमूह मध्ये विकास बैक, वित्त, लघुवित्त, जलविद्युत र व्यापार समूह सामान्य अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहका छन् । शुक्रबार १ सय ३ कम्पनीको मूल्य बढ्दा १ सय ६० कम्पनीको घटेको छ । घटेको बजारमा पनि सानिगाड हाइड्रोपावर, स्नो रिभर्स, कालंगा हाइड्रोपावर र नेपाल फाइनान्सको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्त,ै अप्पर लोयर खेलाको शेयर सर्वाधिक १३ प्रतिशत र धौलागीरि लघुवित्त वित्तिय संस्थाको शेयर ११ प्रतिशत बढीले घटेको नेप्सेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्