Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आजदेखि आपूर्ति बन्द


0
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल भएको जनाएकाे हाे । सोही कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको छ।

वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको र गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने केयूकेएलले जनाएकाे हाे । केयूकेएलले निरन्तर वर्षा भएमा काठमाडौंमा जल आपूर्ति गर्न केही समय लाग्ने समेत जानकारी गराएकाे छ।