Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिराहाका सन्तोष ‘मास्टर सेफ यूके २०२०’ को फाइनलमा


0
Shares

काठमाडौं । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली सेफ सन्तोष साह फाईनलमा पुग्न सफल हुनुभएको छ ।

बिहिबार सिराहाका नेपाली मूलका बेलायतमा बसोबास गर्ने सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल हुनु भएको हो ।

लण्डनको प्रख्यात सेफहरु सँग प्रशिक्षण सँगै काम गरिसकेका सन्तोषले मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेवारी लगायत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने लक्ष्य लिनुभएको छ ।

सन्तोषले मास्टर सेफको टप ८ प्रतिस्पर्धीमा यःमरि , क्रिस्पी चिकन चिल्ली , सि वीडको अचार, भेजीटेबल अचार, तातो र अमिलो सूप बनाउनुभएके थियो ।