अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या « Image Khabar


अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या


Imagekhabar
२६ मंसिर २०७७, शुक्रबार ०७:२३

afaganistan journalist murder

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ ।

पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।

जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आततायी हत्याराको आक्रमणमा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिर पनि मारिएका छन् ।

हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन । माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्