
काठमाडौं, मंसिर २० । शनिबार (आज) अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ ।
त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो ।
त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।
हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ ।
सदस्य राष्ट्रहरु लगायत संसारभर नै यसदिन विभिन्न कार्यक्रम गरेर स्वयंसेवक दिवस मनाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्