काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६ सय ५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ।
भारतको ऊर्जा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । भारतले यहि सेप्टेम्बर १३ तारिखदेखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतले मुजफ्फरपुर–ढल्केबर ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १ सय ३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत उपलब्ध गराइने जनाएकाे हाे। ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा असर परेको हाे । भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।









प्रतिक्रिया दिनुहोस्