स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदै « Image Khabar


स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदै


Imagekhabar
१९ मंसिर २०७७, शुक्रबार १०:३६

काठमाडौं । आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ ।

वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पनि पाउनुभएको हो ।

२०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।

उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ ।

नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ ।

यस्तै, उहाँले नेपाल भाषाका पनि गीत गाउनु भएको छ । नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ ।

उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अमर छन् ।

प्रतिक्रिया दिनुहोस्