सुनको मूल्य बढ्यो « Image Khabar


सुनको मूल्य बढ्यो


Imagekhabar
१७ मंसिर २०७७, बुधबार ११:४६

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० ले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्