सुर्खेतबाट नक्कली प्रहरी पक्राउ « Image Khabar


सुर्खेतबाट नक्कली प्रहरी पक्राउ


Imagekhabar
१४ मंसिर २०७७, आईतवार १५:००

काठमाडौं, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।

सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जनाको टोलीले शुक्रबार बेलुका धामीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताउनुभयो ।

प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्