
काठमाडौं । डाक्टर गोविन्द केसीले आज २१ औं दिन पनि आफ्नो अनशन अनसन जारी राखेका छन् ।
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट हिजो सरकारी टोलीले २० दिनपछि डाक्टर केसीलाई काठमाडौं ल्याएको थियो ।
काठमाडौंको शिक्षण अस्पतालमा उनले आफ्नो अनशन जारी राखेका छन् ।
आफुलाई इच्छाविपरित वल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान डाक्टर केसीले लिएका छन् ।
चिकित्सकहरुले भने उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् ।
डाक्टर केसीको स्वास्थ अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका डाक्टर केदारनरसिहं केसीले उनको अवस्था नाजुक बन्दै गएकाले शीघ्र उपचार गर्नुपर्ने बताए ।
डाक्टर गोविन्द केसीले हिजो साँझ विज्ञप्ती जारी गर्दै सरकारले आफुलाई ज्यादतिपूर्ण व्यवहार गरेको भन्दै त्यसको भत्र्सना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्