पिकअप भ्यान त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु, एक बेपत्ता « Image Khabar


पिकअप भ्यान त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु, एक बेपत्ता


इमेजखबर
११ मंसिर २०७७, बिहीबार १५:०३

चितवन, मंसिर ११ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलाबाट पिकअप भ्यान त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भ्यानचालक प्यूठानको झिमरुक गाउँपालिका–१ का सूर्य केसी र भ्यानमा सवार जमुना रोक्का रहेको प्रहरीले जनाएको छ ।

जमुना रोक्काकी १५ वर्षीया छोरी जिनिसा भने अझै बेपत्ता रहेकी छन् ।

प्यूठानबाट बिरामी लिएर काठमाडौंतर्फ आइरहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजेतिर सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

गाडीमा सवार मुकुन्दबहादुर रोक्का भने पौडिएर बाँचेको प्रहरीले जनाएको छ ।

पिकअप भ्यान नदीमा नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्