१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


शरद ऋतुमा अमेरिका भ्रमण गर्न पुटिनलाई ट्रम्पले पठाए निम्तो


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

राष्ट्रपति ट्रम्मकी प्रेस सल्लाहाकार सारा स्यान्डर्सले भ्रमणको निम्तो दिएको पुष्टि गरेकी हुन ।

उनले एक ट्वीट गर्दै राष्ट्रपति पुटिनको अमेरिका भ्रमणबारे पहिलदेखि नै छलफल भइरहेको बताएकी छिन् ।

यसअघि दुई राष्ट्रपतिबीच गत सोमबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । वार्ताका क्रममा उठेका विषयको थोरैमात्र विवरणहरु सार्वजनिक भएका छन्  ।

फिनल्यान्डको राजधानी हेल्सिन्कीमा वार्तामा दुई राष्ट्रबीच केही मुद्दाहरुमा विवाद पनि उत्पन्न भएको थियो ।

तर  राष्ट्रपति ट्रम्पले विहिबार एक ट्वीट गर्दैै वार्ता उपलब्धिपूर्ण भएको र आफु दोस्रो भेटका लागि प्रतिक्षारत रहेको उल्लेख गरेका छन् ।

उनले अबको वार्तामा आफू आतंकवाद, इजरायल र परमाणुका विषयमा कुरा गर्न इच्छुक रहेको बताएका छन् ।

साइबर आक्रमण र राष्ट्रपति निर्वाचनका बेला भएको ठानिएको रुसी हस्तक्षेपमा अमेरिकी छानविनको बदलामा रुसले पनि अमेरिकी नागरिकसँग सोधपुछ गर्न पाउनुपर्ने  विषयले फिनल्यान्ड वार्तामा प्रधानता पाएको थियो । पुटिनको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरिदिएका छन् । (एजेन्सी)