अफगानिस्तानमा तालिबानद्वारा १४ सुरक्षाकर्मीको हत्या • Image Khabar Image Khabar


अफगानिस्तानमा तालिबानद्वारा १४ सुरक्षाकर्मीको हत्या


रासस/एएनआई
२८ कार्तिक २०७७, शुक्रबार १८:१६

अफगानिस्तानमा तालिबानद्वारा १४ सुरक्षाकर्मीको हत्या

काबुल, कात्तिक २८ । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् ।

तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो ।

कुन्दुजको सुरक्षा निकायकाअनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षाचौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।

कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए । त्यसक्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो ।

त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुईजना प्रहरी सो जाँचचौकीबाट घर जानेक्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।

सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर, यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उता, आजै काबुलमा पनि तालिबानीहरुले आक्रमण गरेर दुईजना सर्वसाधारणको हत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्