बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु • Image Khabar Image Khabar


बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


इमेजखबर
२८ कार्तिक २०७७, शुक्रबार १६:५०

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी, कात्तिक २८ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दशरथचन्द राजमार्गअन्तर्गत् पाटन नगरपालिका–४, जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ का खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो ।

लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्