सुनवल नगरपालिकामा खरको छानामुक्त अभियान • Image Khabar Image Khabar


सुनवल नगरपालिकामा खरको छानामुक्त अभियान


Imagekhabar
२१ कार्तिक २०७७, शुक्रबार १७:५२

सुनवल नगरपालिकामा खरको छानामुक्त अभियान

नवलपरासी, कात्तिक २१ । सरकारले देशभर खरको छानामुक्त अभियान प्रारम्भ गरेसँगै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले खरले छाएका घरहरुलाई जस्ता उपलब्ध गराउन थालेको छ ।

खरको छाना मुक्त अभियानअन्तरर्गत नगर क्षेत्रमा रहेका सबै खरका छाना भएका घरमा नगरपालिकाले पिलर गाडेर जस्तापाताले छाइदिन थालेको हो ।

आर्थिक बर्ष २०७५÷७६ बाट नगरपालिका आफैंले प्रतिघर ७५ हजार लगानी गरेर यो अभियान सुरु गरेको नगरपालिका प्रमुख भीम बहादुर थापाले जानकारी दिनुभयो ।

नगर क्षेत्रमा कुल ३ सय ८४ जना गरीब तथा अति बिपन्नले खरको छाना हटाएर टिन छाउन निवेदन दिएका छन् ।

जसअन्तरर्गत हालसम्म १ सय ६५ वटा घरमा टिन लगाइएको छ ।

खर हटाएर टिनको छाना लगाइ दिएपछि स्थानीय समुदाय खुसी भएका छन् ।

सबै घर बनाउन अहिलेसम्म १ करोड १० लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

यसवर्ष बाँकी रहेका २ सय १९ वटा घर निर्माण भई नगरलाई खरको छाना मुक्त बनाईने नगर प्रमुख थापाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्