वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका पक्राउ • Image Khabar Image Khabar


वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका पक्राउ


इमेजखबर
१९ आश्विन २०७७, सोमबार १५:३२

वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका पक्राउ

काठमाडौं, असोज १९ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

सोही मुद्दाका फरार प्रतिवादी तुलबहादुर तामाङलाई महाशाखाको टोलीले यही असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरिसकेको छ ।

तामाङद्वयले सृजना दोङसमेतका व्यक्तिलाई विदेश पठाउने भन्दै ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

उक्त कसुरमा २०७४ भदौ ११ गते अदालतले उनलाई एक वर्ष छ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्