वीरगञ्जको सिमानाकाबाट अढाइ करोड बराबरको हरियो केराउ बरामद • Image Khabar Image Khabar


वीरगञ्जको सिमानाकाबाट अढाइ करोड बराबरको हरियो केराउ बरामद


Imagekhabar
१५ आश्विन २०७७, बिहीबार ११:०१

वीरगञ्जको सिमानाकाबाट अढाइ करोड बराबरको हरियो केराउ बरामद

वीरगञ्ज । प्रदेश प्रहरीले वीरगञ्जको सिमानाकाबाट ठूलो मात्रामा हरियो केराउ बरामद गरेको छ ।

भारतसँग सिमाना जोडिएको वीरगञ्जको सीमावर्ती इनर्वा गाउँमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरी क्राइम टोलीले बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै तस्करीको लागि गोदाममा भण्डारण गरी राखिएको ६ हजार ५ सय बोरा हरियो केराउ बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

बरामद गरिएको केराउको बजार मूल्य लगभग अढाइ करोड रहेको जनाइएको छ ।

उक्त केराउ नेपाल भारत सीमाबाट करीब ८ किलोमिटरको दूरीमा बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा आधिकारिक कार्यालय रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्