सुटकेस र शरीरमा लुकाएर ल्याउर्दै गरेको ३७ केजी चरेससहित दुई महिला पक्राउ • Image Khabar Image Khabar


सुटकेस र शरीरमा लुकाएर ल्याउर्दै गरेको ३७ केजी चरेससहित दुई महिला पक्राउ


Imagekhabar
७ आश्विन २०७७, बुधबार १८:०३

सुटकेस र शरीरमा लुकाएर ल्याउर्दै गरेको ३७ केजी चरेससहित दुई महिला पक्राउ

कपिलवस्तु, असोज ७ । कपिलवस्तुको कृष्णनगरमा ३७ केजी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरकी ४० बर्षिया शान्ति तामाङ र रोल्पाकी ३५ बर्षिया बसन्ति धर्तिलाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्