२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झोला खान तलासी गर्दा ६ किलो ५०० ग्राम अफिम बरामद, दुई जना पक्राउ


0
Shares

काठमाडौं । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गरेको अभियोगमा काठमाडौ तार्केश्वर नगरपालिका–४ शेषमती पुल नजिकबाट दुइ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अफिम ओसारपसार गरेको अभियोगमा जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीया प्रमिला राउतलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले हिडिरहेका अवस्थामा उनीहरुले पछाडी भिरेको झोला खान तलासी गर्दा ६ किलो ५०० ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको अफिम उनिहरुले विभिन्न गाउँबाट किलोको डेढ लाख रुपैयाँसम्ममा ल्याएर आठ लाखसम्ममा बेच्ने गरेको अनुसन्धानमा खुलेको महानगरीय अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।