सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक घाइते • Image Khabar Image Khabar


सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक घाइते


Imagekhabar
१८ श्रावण २०७७, आईतवार ०९:३१

सर्लाहीमा मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक घाइते

प्रकाश मैनाली,
सर्लाही । दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

शनिबार बेलुकी लालबन्दी नगरपालिका १७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका- ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका – ७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २-०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घाईते रौतहटका श्याम साहको उपचार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्