Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘मान्देउ न शिवजी’मा रेस्लर गायिका अस्मिताको हट अवतार


0
Shares

काठमाडौं । नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन् ।

अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छन् ।गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत छ ।

भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का(युनिका) फिचर्ड छन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।