थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो • Image Khabar Image Khabar


थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो


Imagekhabar
७ श्रावण २०७७, बुधबार १६:४६

थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो

काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

त्यस्तै ४९ वर्षीया कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २ सय ७ जना संक्रमण मुक्त भई घर फर्केका छन् । अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ७९ वटा पिसिआर परिक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् ।

५ हजार ३ सय ६८ जना आइसोलेसनमा रहेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्