नक्कली कागज बनाएर ५० करोडको जग्गा व्यक्तिको नाममा नामसारी • Image Khabar Image Khabar


नक्कली कागज बनाएर ५० करोडको जग्गा व्यक्तिको नाममा नामसारी


Imagekhabar
५ श्रावण २०७७, सोमबार ०९:३२

नक्कली कागज बनाएर ५० करोडको जग्गा व्यक्तिको नाममा नामसारी

वीरगन्ज । नक्कली कागजको आधारमा वीरगन्ज महानगरपालिका–४ मा करिव ५० करोडको जग्गा व्यक्तिको नामसारी गरेको खुलेको छ ।

मालपोल कार्यालय वीरगन्जका केही कर्मचारीहरुको संलग्नतामा नक्कली कागजहरु पेस गरेर जग्गा नामसारी गराइएको खुलासा भएको हो ।

जग्गा धनीको नक्कली छोरा बनेर काठमाडौका मुकेश राजभण्डारी, राकेश राजभण्डारी, रूपेश राजभण्डारीले जग्गा नामसारी गरेको पाइएको हो ।

वास्तविक जग्गाधनी गोपाल राजभण्डारी र पत्नी कमला राजभण्डारीको मृत्यु भइसकेपछि किर्ते गरी उनीहरुले जाग्गा नामसारी गरेका हुन् ।

जग्गा नामसारी गर्दा पेश गरिएको कागजबारे आवश्यक जाँच नगरिएको जिल्ला मालपोत कार्यालय पर्साका प्रमुख तारानाथ दंगालले बताउनु भएको छ ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख सुमन झाले कामको चापको कारण आफूबाट गल्ती हुन गएको स्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्