गण्डकी प्रदेशमा एक सातामा बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु • Image Khabar Image Khabar


गण्डकी प्रदेशमा एक सातामा बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु


Imagekhabar
३ श्रावण २०७७, शनिबार १७:५७

pokhara myagdi flood

पोखरा, साउन ३ । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा आएको बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु भएको छ ।

प्रदेशका पाँच जिल्लाका २९ पुरुष र २६ महिलाको मृत्यु भएको हो ।

पहिरोमा सबैभन्दा धेरै म्याग्दीमा २८ जनाको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक किरण रानाले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर तनहुँमा ११, कास्कीमा १०, लमजुङ र स्याङ्जामा तीन/तीनजनाको मृत्यु भएको छ ।

म्याग्दीका चार, स्याङ्जाका दुई र तनहुँका एकजना अझै बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्