२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शसस्त्र प्रहरीको बेस क्याम्प स्थापना भएपछि अपराधमा कमी


0
Shares

इलाम । इलामको दक्षिणी चुरे क्षेत्रमा शसस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना भएपछि अपराधमा कमी आएको छ ।

बर्षेनी चोरी निकासी हुने बहुमुल्य सखुवाको काठ तस्करीसमेत नियन्त्रणमा आएको छ । झापासँग सीमा जोडिएको चुलाचुली, माङ्सेबुङ्ग गाउँपालिका र माई नगरपालिका क्षेत्रमा अपराध र वन तस्करी रोकिएको छ ।

शसस्त्र प्रहरीको नियमित रुपमा गस्ती हुने भएकाले अपराधिक घटनामा कमी आएको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो ।

माङ्सेबुङ्ग गाउँपालिकाको चिसोपानी, माई नगरपालिकाको दानाबारी र चुलाचुली गाउँपालिकाको कमलामा रहेको शसस्त्र प्रहरी बेस क्याम्पबाट नियमित गस्ती हुँदै आएको छ ।