
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जबाट चित्तलको शिकार गरि घरमा विक्री गरिरहेको अवस्थामा हतियारसहित एकजना पक्राउ परेका छन् ।
नेपाली सेना र बनगस्ती टोलीले लक्ष्मण माझी मुसहरलाई हतियार सहित पक्राउ गरेको हो । पर्साको राष्ट्रिय वन तथा राष्ट्रिय निकुञ्जबाट चोरी शिकारीमा वृद्धि भएको जानकारी पाएपछि गस्ती बढाइएको छ ।
पक्राउ परेका माझीलाई आवश्यक कारवाहीका लागि सब डिभिजन बन कार्यालय बढनियारमा राखिएको छ ।
लकडाउनको मौका छोपी केही दिनदेखि पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय बन क्षेत्रमा शिकार गर्ने गिरोह सक्रिय भएको छ ।
प्रतिक्रिया दिनुहोस्