Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


आन्दोलनमा उत्रने प्याब्सनको चेतावनी


0
Shares

ध्रुव भट्टराई
विराटनगर, चैत १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले संस्थागत् विद्यालय शुल्क निर्धारण मापदन्ड निर्देशिका २०७२ लागू भए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्याब्सन पूर्वाञ्चलले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी शिक्षा मन्त्रालयले ल्याएको निर्देशिका लागू भएमा आन्दोलनमा उत्रने बताएको हो ।

निर्देशिका संस्थागत् विद्यालय र अभिभावकहरुका लागिसमेत हितकर नभएको उनीहरुको दाबी थियो ।

निर्देशिका परिमार्जन नगरी लागू गर्न खोजे अदालत जाने प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द लम्सालले बताए ।

विद्यालयमा सघ–संगठन खोल्न पाउने व्यवस्थाले विद्यालयमा राजनीति बढ्ने, विद्यालयको आफ्नै नाममा भौतिक सम्पत्ति हुनुपर्ने, प्रतिकक्षा ३३ जनाभन्दा कम विद्यार्थी भए विद्यालय ‘मर्ज’ गर्नुपर्नेलगायतका व्यवस्थाले विद्यालय सन्चालन गर्न कठिनाइ हुने प्याब्सन पदाधिकारीहरुको भनाइ छ ।